Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सम्सारा रेमिट र नेशनल एक्सचेन्ज बीच रेमिट्यान्स सम्झौता

सम्सारा रेमिट र नेशनल एक्सचेन्ज बीच रेमिट्यान्स सम्झौता

काठमाडौं, ६ फागुन । सम्सारा रेमिट प्रा.लि. ले खाडी मुलुकमा आफ्नो सेवालाई अझै बिस्तार गर्दै जाने  कतार स्थित रेमिट्यान्स कम्पनी नेशनल एक्सचेन्जसँग विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धि द्धपक्षीय सम्झौता भएको छ ।  उक्त सम्झौता पत्रमा सम्सारा रेमिट प्रा.लि को तर्फबाट डाइरेक्टर– व्यवसाय प्रवन्धक श्री सुरज क्षेत्री र नेशनल एक्सचेन्जको तर्फबबाट महाप्रवन्धक श्री मोहमद मुस्ताफाले सम्सारा रेमिट प्रा.लि को मुख्य कार्यालयमा एक कार्यक्ररमक बीच हस्ताक्षर गर्नु भयो। उक्त कार्यक्रममा नेशनल एक्सचेन्जका प्रमुख संचालक साईद अलिको पनि  उपस्थित रहेको थियो ।

हस्ताक्षर पछि नेशनल एक्सचेन्जका महाप्रवन्धक श्री मोहमद मुस्ताफाले भन्नुभयो “सम्सारा रेमिट प्रा.लि.ले कतारमा आफ्नो छुट्टै पहिचान बनाइसकेको हुदाँ दुई कम्पनी बीचको सहकार्यले गर्दा आउने दिनमा ग्राहकले विशिष्ट सेवा पाउने विश्वास व्यक्त गनुभयो।” उक्त सहकार्यले सम्साराको कतारमा थप सञ्जाल विस्तार भएको छ। यस सम्झौता अनुसार कतारमा रहेका नेपालीहरुले आफुले कमाएको रकम नेशनल एक्सचेन्जको ५ (पाँच) वटा शाखाबाट सजिलै सँग नेपालमा पैसा पठाउन सक्नेछ । सो रकम सम्सारा रेमिटको नेपालै भरी रहेको ५६०० भन्दा बढी सब एजेन्टहरु मार्फत नगद भुक्तानी लिन सक्नेछन र रकम बुझिलिने व्यक्तिको नेपालमा कुनै पनि बैक तथा वित्तिय संस्थाहरुमा रहेको खातामा रकम जम्मा गराइदिने समेत व्यवस्था गर्दछ । सम्सरा रेमिट २०६३ सालमा स्थापना भइ  विश्वका सबैजसो देशहरुबाट नेपाली कामदारहरुले कमाएको रकम विदेशी मुद्रामा भित्र्याउने कार्य गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x