Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धिदर ६.५ प्रतिशत आइ एम एफको प्रक्षेपण

चालु आर्थिक बर्षमा  नेपालको आर्थिक बृद्धिदर ६.५ प्रतिशत आइ एम एफको प्रक्षेपण

काठमाडौं, ६ फागुन । अन्तर्राष्ट्रिय मुद्रा कोषले चालु वर्षमा नेपालको आर्थिक बृद्धिदर ६.५ प्रतिशत हुने प्रक्षेपणन गरेको छ। ‘आर्टिकल आइभी’ एसिसमेन्ट मार्फत् कोषले अघिल्लो वर्ष ६.३ प्रतिशतले अर्थतन्त्र बढेको र यो वर्ष बृद्धिदर अझै उच्च हुने प्रक्षेपण सार्वजनीक गरेको हो ।

यता सरकारले भने चालु वर्षमा ८ प्रतिशतको बृद्धिदरको लक्ष्य लिएको छ। नेपालमा आर्थिक गतिविधि बढेको, केही संरचनागत परिवर्तन भएको र विशेषगरी बिजुलीको आपूर्तिमा भएको सुधारले अर्थतन्त्र विस्तार द्रुत हुने कोषले उल्लेख गरेको छ । पछिल्लो समयका केही आर्थिक गतिविधिले अर्थतन्त्रको विस्तारको सम्भावना बढाएपनि जोखिम पनि उत्तिकै बढेको प्रतिवेदनमा औल्याइएको छ।

अहिलेको बृद्धिलाई भविष्यमा पनि निरन्तरता दिनका लागि सरकारले विभिन्न सुधार गर्नुपर्ने कोषले सुझाव दिएको छ। जस अन्तर्गत सरकारी नीतिको केन्द्रविन्द्ु, बढ्दो आन्तरिक माग सम्बोधन र बाह्य असन्तुलन नियन्त्रण र वित्तीय स्वास्थ्यलाई बचाउन केन्द्रित हुनुपर्ने कोषले सुझाव दिएको छ।

राजनीतिक स्थिरता र दुई तिहाईको अद्वितीय अनुकुलताबाट सरकारले फाइदा लिनसक्ने कोषको निष्कर्ष रहेको छ। वित्तीय संघीयता कार्यान्वयन गर्न र खर्चलवाई मीतव्ययी बनाएर पूर्वाधारमा लगानी बढाउन सकिए भविष्यमा दिगो र द्रुत आर्थिक बृद्धि हुने कोषले बताएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x