सेयर बजार ११०२.५१ को बिन्दुमा झर्यो
काठमाडौं, ६ फागुन । साताको दोस्रो कारोबार दिन (सोमबार) पनि सेयर बजारमा गिरावट आएको छ । ७.२१ अंकले घटेर ११०२.५१ को बिन्दुमा झरेको छ । आइतबार बजार ३.०५ अंकले घटेको थियो ।
होटल र उत्पादन तथा प्रशोधन बाहेक अरु सबै समुहको परिसुचक ओरालो लागेको छ । होटल समुहको परिसुचक ९.५ अंक र उत्पादन तथा प्रशोधन समुहको परिसुचक ०.२४ अंकले बढेको छ ।
सबैभन्दा बढी जिवनबीमा समुहको परिसुचक १९.०८ अंकले घटेको छ भने सबैभन्दा कम फाइनान्स समुहको परिसुचक ०.३६ अंकले घटेको छ ।
सो दिन १ सय ६१ कम्पनीको २३ करोड ४५ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । जसमा नविल बैंकको प्रमोटर सेयर सबैभन्दा धेरै करोबार भएको छ । त्यस्तै चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने वल्ड मचेन्र्ट बैंकिङ्ग एन्ड फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।