Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

गएको बर्ष नयाँ सवारीसधान किन्न र इन्धनमा मात्र १० अर्ब खर्च

गएको बर्ष नयाँ सवारीसधान किन्न र इन्धनमा मात्र १० अर्ब खर्च

काठमाडौं, ६ फागुन ।  सरकारले गएको आर्थिक बर्षमा सवारी किन्न र इन्धनका लागि १० अर्ब रुपिया खर्च गरेको छ। गत आबको बजेटको बार्षिक प्रतिवेदन अनुशार सरकारले संघीयता ब्यवस्थापना सँग प्रदेश स्थानीय तहमा र सर्वजनिक पदाधिकारीका लागि खरिद गरिएका सवारीमा ६ अर्ब ६१ करोड खर्चिएको हो । यस्तै इन्धनमा मात्र ३ अर्ब खर्च भएको जनाएको छ । यस्तै सरकारले विभिन्न कार्यालय र पदाधिकारीका लागि घरभाडा बापत १ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेको छ ।

यसै गरी विभिन्न कार्यक्रम शिर्षकमै सरकारले १२ अर्ब ५४ करोड खर्च गरेको छ। अनुगमन तथा मूल्यांकनको नाममा १ अर्ब ६३ करोड खर्च गरेको सरकारले ३ अर्ब २६ करोड रुपैयाँ भ्रमणमा खर्चिएको र अति विशिष्ट व्यक्ती तथा प्रतिनिधि मण्डलको भ्रमणमा ४ करोड ४६ लाख खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

यसै गरी वैदेशिक र आन्तरिक ऋणको ब्याजमात्र सरकारले १६ अर्ब भुक्तानी गरेको छ। गएको वर्ष सरकारले २८ अर्ब ९३ करोड रुपैयाँको जग्गा खरिद गरेको छ भने ३५ अर्ब ७३ करोड रुपैयाँको भवन निर्माण गरेको छ। त्यस्तै सरकारले ८८ करोड रुपैयाँको भवन खरिद गरेको छ। सरकारले फर्निचरजन्य सामग्रीमात्र १ अर्ब रुपैयाँको खरिद गरेको छ ।  

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x