नविल बैंकको साधारण सभा फागुन २७ मा, बोनस र नगद लाभांश वितरणको प्रस्ताव

काठमाडौं, ६ फागुन । नबिल बैंक लिमिटेडको ३४ औं वार्षिक साधारण सभा फागुन २७ का लागि आयोजना गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने साधारण सभामा १२ प्रतिशत बोनस सयर र २२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश गरिने छ ।

यस नविल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा दुई अर्ब १७ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले एक खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकनल गरि एक खर्ब ३० अर्ब रुपैयाँ ऋण लगानी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *