Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत उद्योगी व्यवसायीको माग सवोधन गरिने

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत उद्योगी व्यवसायीको माग सवोधन गरिने

काठमाडौं,६ फागुन । अर्थमन्त्री युवराज खतिवडाले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ब्यवसायीहरुले उठाउदै आएको ब्याजदरको विषय सम्वोधन गरिने बताएका छन् । निजी क्षेत्रका प्रतिनिधि र बैंकर्सको सयुक्त बैठकमा सरकारी मन्त्री अधिकारीले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ब्याजदरको विषय सम्वोधन हुने आश्वानस दिएका हुन । दुइ दिन अघि मात्र प्रधानमन्त्रीले ब्यवसायीलाई सगै राखेर अर्थ मन्त्री खतिवडा र गभर्नर चिरन्जिवी खतिवडालाइ ब्यवसायीको माग संवोधन गर्न आग्रह गरेका थिए ।

 बैकहरुले मनपरि ब्याजदर बढाउने काम गरेको भन्दै  बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानामाथि मोरङका ब्यवसायी सुशील धनावत बीच बैठकमै चर्का चर्की भएको थियो । ब्यवासायीहरुले कार्यालय पिच्छे ब्यालेन्स फरक फरक रहेको भन्दै दोहोरो/तेहोरो ब्यालेन्सीटका कारण वा बैंकको ब्याजका कारण ब्यवसाय नोक्शानीमा गएको हो भन्दै प्रश्न उठाएका थिए।  ज्ञनेन्द्र बोली नसकिदै धनावतले धनावत एक कदम अगाडि बढ्दै भने- तपाई प्रमाणित गर्न सक्नु हुन्छ? हाम्रो ब्यालेन्सीट तलमाथि छ भनेर आक्रोषित भएका थिए । त्यसपछि बैठक दुइ बीच सवाल जवाफ चलिरहयो । अन्तत् महासघका उपाध्यक्ष चन्द्र ढकालले समझाएपछि विवाद साम्य भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x