सानिमा लाइफ इन्स्योरेन्स संचालनमा

काठमाडौं, २४ मंसिर । सानिमा लाइफ इन्स्योरेन्स संचालनमा आएको छ । इन्स्योरेन्सले गत शुक्रबारदेखी आफ्नो कारोबार संचालनमा ल्याएको हो । इन्स्योरेन्सको उद्घाटन वीमा समितिका अध्यक्ष चिरञ्जिवी चाँपागाईले गरेका हुन् ।

कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ रहेको छ । यस्तै कम्पनीको जारी पुँजी २ अर्ब रुपैयाँ रहेको छ । जारी पुँजी २ अर्ब रुपैयाँ मध्ये १ अर्ब ४० करोड रुपैयाँ चुक्ता भएको छ । कम्पनीले २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन ६० करोड रुपैयाँको प्रथामिक निष्कासन गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *