सुनको मुल्य ओरालो लाग्दै

काठमाडौं, २४ मंसिर । स्थानिय बजारमा सुनको मुल्य ओरालो लाग्ने क्रममा रहेको छ । मंसिर महिनाको १ गतेको तुलनामा आज २४ गतेसम्म आइपुग्दा सुनको मुल्य प्रति तोला एक हजार चार सय रुपैयाँले घटेको छ । मंसिर १ गते स्थानिय बजार सुन प्रति तोला ५५ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज मंसिर २४ गते सुन प्रति तोला ५४ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

एक महिना यता अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा ३.१४ प्रतिशतले ह्रास आएको छ । यद्यपी आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रति आउन्स ०.२५ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आएको गिरावट कै कारण स्थानिय बजारमा पनि यसको असर देखिएको हो ।

स्थानिय बजारमा विवाहको मौसममा सुनको मुल्यमा आएको गिरावटले उपभोक्ताहरुलाई फाइदा भएको छ । विवाहको मौसममा स्थानिय बजारमा सुनको कारोबारमा वृद्धि हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *