Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मंगलबार नेप्से २२.४४ अंकले बढ्यो

मंगलबार नेप्से २२.४४ अंकले बढ्यो

काठमाडौं, ७ फागुन । लगातार ओरालो लागेको सेयर बजार साताको तेस्रो कारोबार (मंगलबार) भने दोहोरो अंकले बढेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २२.४४ अंकले बढेर ११२४.९६ विन्दुमा कारोबार बन्द भएको हो ।


सो दिन बजारमा कुल १ सय ६७ कम्पनीहरुको ७,१४,८७६ कित्ता सेयर खरिद बिक्री हुँदा २१ करोड ४५ लाख ८८ हजार ६१९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा भने अपर तामाकोसी हाइड्रो पावर कम्पनीले अग्रता लिएको छ । कम्पनीले आज १ करोड २७ लाख भन्दा बढीको कारोबार गरेको हो ।


यसैगरि उक्त दिनमा चौतारी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले सबै भन्दा बढी कमाएका छन् । जसको प्रतिसेयर मुल्य ९.९३ प्रतिशतले बढेको छ । साथै वाल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका लगानीकर्ताहरुले सबै भन्दा बढी गुमाएका छन् । जसको प्रतिसेयर मुल्य १० प्रतिशतले घटेको छ ।

मंगलबार नेप्सेमा सुचिकृत १० वटा कम्पनीहरुमा सबै समुहको परिसुचक बढेको छ । जसमा सबै भन्दा बढी जीवन बीमा समुहको परिसुचक २५१.७३ अंक र निर्जीवन बीमा कम्पनीको परिसुचक १५३.९३ अंकले बढेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x