Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

‘शुभ बिबाह महाकुम्भ जुत्ता मेला’ मा उपभोक्ताको आकर्षण

‘शुभ बिबाह महाकुम्भ जुत्ता मेला’ मा उपभोक्ताको आकर्षण

काठमाडौं ८, फागुन । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘शुभ बिबाह महाकुम्भ जुत्ता मेला’ मा उपभोक्ताको आकर्षण देखिएको छ। फागुन ६ गतेबाट सुरु भएको मेलामा प्यारागन फुड वयर सुज, बोस सुज,भनोस सुज, केटीएम सुज, फुट स्टप सुज, स्मार्ट सुज र जाल्पा फुड वयरका जुत्ता, चप्पल बिक्रीका लागि राखिएको छ ।

एकै स्थानमा ८ ब्राण्डका उत्पादन छानेर किन्न पाईने भएकाले पनि उपभोक्ताहरु मेलामा थप आकर्षित भएका हुन । नेपाली उत्पादन प्रयोग गरौ , विदेशी सामाग्री आयातमा कम गरौ भन्ने नाराका साथ मेला आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । मेलामा स्कुल, कलेज लगायत पार्टी सुज छानिरोजी किन्न पाइने छ ।

नेपाली जुत्ताहरु विदेशी जुत्ताभन्दा बढी टिकाउ र बलियो हुने भएकोले स्वदेशी उत्पादनलाई माया गर्न जुत्ता व्यवसायीहरुले आग्रह गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x