सेयर बजार १२ अंकले घट्यो
काठमाडौं, ८ फागुन । मंगलबार (हिजो) २२.४४ अंकले बढेको सेयर बजारमा आज भने १२.७२ अंकले गिरावट आएको छ । लामो समय देखि ओरालो लागेको बजार हिजो बढेर ११२४.९६ को बिन्दुमा चढेको थियो । तर आज पुन बजार १११२.२३ को बिन्दुमा झरेको छ।
आज कारोबारमा आएका मध्ये उत्पादन तथा प्रशोधन बाहेकका बाँकी सबै समुहको परिसुचक ओरालो लागेको छ । उत्पादन तथा प्रशोधन समुह ८.६९ अंकले बढेको छ । सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक १६७.८३ अंकले घटेको छ । निर्जीवन बीमा समुहको परिसुचकमा पनि १०५.४५ अंकको गिरावट आएको छ ।
१ सय ६२ कम्पनीको १६ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसमा माथिल्लो तामाकोशी हाइड्रोपावरको सबैभन्दा धेरै अर्थात ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै त्यसदिन चौतारी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने नेपाल सेवा लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।