Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

अष्ट्रियाका विदेश मन्त्री ३० वर्षपछि नेपाल आउँदै

अष्ट्रियाका विदेश मन्त्री ३० वर्षपछि नेपाल आउँदै

काठमाडौं, ८ फागुन । अष्ट्रियाका विदेशमन्त्री करिन किनाइसल १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउने भएकी छिन् । तीन दिवसीय भ्रमणमा उनी सहितको टोली बिहीबार राजधानी काठमाडौँ आउँदै छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणामा उनी आउन लागेका हुन् । अष्ट्रियाबाट विदेशमन्त्रीस्तरमा यो भ्रमण ३० वर्षपछि हुन लागेको हो । भ्रमणका क्रममा नेपाल र अष्ट्रियाबीच प्रतिनिधिमण्डलस्तरीय बैठक हुनेछ । दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा हुने उक्त बैठकमा द्विपक्षीय हित र चासोका सबै विषयका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका अन्य विषयमा पनि छलफल हुने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x