सुनको भाउ ६३ हजार ३ सय, नयाँ रेकर्ड बनाउने व्यवसायीको अनुमान

काठमाडौं ८, फागुन । स्थानीय बजारमा आज (बुद्यबार)सुनको भाउ ५ वर्ष यताकै सबैभन्दा महंगो भएको छ । मंगलबार प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा किनबेच भएको सुन आज ६३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो मुल्य ५ वर्षकै महंगो हो । २०७० साल भदौ १२ गते आजकै मूल्यमा सुन खरिद विक्री भएको थियो । महासंघका अनुसार त्यसपछि घटेर ४७ हजार रुपैयाँ सम्ममा झरेको थियो । चीन र अमेरिकाबिचको व्यापारिक तनाव र अमेरिकामा घोषणा गरिएको संकटकालका कारण डलर कमजोर भएपछि सुनमा लगानी गर्नेको संख्या बढे पनि भाउ बढेको हो ।

मंगलबार प्रतिऔंस १३ सय २५ डलरमा कारोबार भएको सुनको भाउ आज १८ डलरले बढेर प्रति औंस १३ सय ४३ डलर कायम भएको छ । अहिलेको अवस्था हेर्दा सुनको भाउले नयाँ रेकर्ड बनाउने अनुमान व्यवसायीहरुले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *