बोर्ड संचालक समितिमा धमला र पौडेल नियुक्त

काठमाडौं, ८ फागनु । नेपाल पर्यटन बोर्डको संचालक समिति सदस्यमा पर्यटन व्यवसायीद्वय पम्फा धमला र विप्लव पौडेल नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले धमला र पौडेललाई नियुक्त गरेका हुन ।

विगत २५ वर्षदेखि पर्यटन व्यवसायमा आवद्ध धमला लाङटाङ री ट्रेक एक्सपिडिसन कम्पनीको निर्देशक हुन्। त्यसैगरी पोखराका पौडेल होटल बाराही, बाराही जङ्गल लज, सरानकोट माउन्टेन रिसोर्टको कार्यकारी निर्देशक र पोखरा अल्ट्रालाइटका अध्यक्ष समेत हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *