Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

काठमाडौंका भारी बोकेर जिवन चलाउनेको गुनासो– ‘काम अनुसारको ज्याला नपाउदा जिवन चलाउनै मुश्किल भयो ’

काठमाडौंका भारी बोकेर जिवन चलाउनेको गुनासो– ‘काम अनुसारको ज्याला नपाउदा जिवन चलाउनै मुश्किल भयो ’

दिलु कार्की
काठमाडौं, ८ फागुन । अव्यवस्थित सहरको मार खेपिरहे पनि काठमाडौं उपत्यका अझै सेवा, सुविधा र अवसरको उपयुक्त थलो हो । व्यवसाय गर्ने, अरुको काम गर्ने देखि उच्च शिक्षा अध्ययन गर्नका लागि बार्षिकरुपमा हजारौ नागरिक उपत्यका छिर्छन । सोही कारण अहिले काठमाडौं उपत्यकाको जनसंख्याले ४० लाख नाधिसकेको छ ।

आर्थिक उपार्जनको माध्यम खोज्न काठमाडौं छिरेका रामेछापका भिम बहादुर भुजेलको पनि काठमाडौं आउदा मनग्य पैसा कमाइला भन्ने सोचेका थिए । परिवारको आर्थिक दायित्व पुरा गर्ने अरु कुनै विकल्प नभएपछि १५ वर्ष अघि देखि उनले काठमाडौंमा भरियाको काम गर्दै आएका छन् । तर उनी यो कामबाट सन्तुष्ट छैनन । श्रम अनुसारको ज्याला नपाएकोमा दुखेसो त छनै उनको तर कतिले त सामान बोकाएर पैसा दिनुको साटो उल्टै कुटाई खाएको अनुभवले मन खल्लो भएको छ ।
काठमाडौंको मुख्य व्यापारीक क्षेत्र असन बजारमा १२ बर्ष अगाडि देखि भारि बोकेर नै आफु सहित ५ जनाको परिवार पाल्दै आएका रसुवाका जित बहादुर विकको पनि गुनासो एउटै हो । ‘ काम अनुसारको ज्याला नै पाइदैन, कुनै दिन १५ सय रुपैयाँ सम्म कमाई हुन्छ भने कुनै दिन कमाई नभएर भोकै सुत्नुपर्ने अवस्था पनि आउछ । ’ उनले आफ्नो गुनासो सुनाए ।

असन क्षेत्रमा मात्र करिब १ सय ५० जना बढी भरियाको काम गर्नेहरु छन् । यस्तै काठमाडौका विभिन्न व्यापारिक क्षेत्र तथा ठुला तरकारी बजारहरुमा पनि उतिकै भरियाहरु रहेका छन् । आज भोलि सवारी साधानकै प्रयोग गरि सामान ओसार पसार गर्न थालेपछि काम पाउदै समस्या हुन थालेको उनले बताए । पछिल्लो समय सरकारले नयाँ युगको शुरुवात भन्दै योग्दानमा आधारित सामाजिक सुरक्षा योजना लागु गरेको छ । जसमा पारिश्रमको ११ प्रतिशत श्रमिकले र २१ प्रतिशत रोजगारदाताले जम्मा गनु पर्ने नियम छ । तर त्यो योजनामा भरियाहरुलाई समेट्न सकेको देखिन्दैन् । न त भरियाको रोजगारदाताको ठेगान छ न त पारिश्रमको । यसका साथै आज सम्म सरकारको सडक श्रमिकको बारेमा ध्यान गएको देखिन्दैन् । धेरै जसो भरियाहरु सरकारको उक्त योजनाबारे अनविज्ञ नै छन् । सडकमा हिड्दा प्रधानमन्त्रीको ठुला तस्विर मात्र देखेको तर के–को लागि हो थाहा नै नभएको मैतिदेवीमा विगत ९ बर्ष देखि भरिया पेशामा आवद्ध नरे कामीले बताए । सरकारको योजनामा आधारित सामाजिक सुरक्षा योजनाको बारेमा थोरै भरियाहरुलाई मात्र थाहा छ । योजनाको बारेमा थाहा पाउने भरियाहरु यसमा आबद्ध हुन चाहन्छन् । तर उनीहरुलाई कसले गराउछ सामाजिक सुरक्षा योजनामा ? सरकारले श्रमिकको लागि नै ल्याएको योजनामा दैनिक कडा श्रम गरेर गुजारा चलाउने र स्थायी रोजगारदाता भएका श्रमिकहरुलाई कसरी समावेश गर्ने भन्ने बिषयमा ध्यान पु¥याएको छैनन् ।

केही भरियाहरु भारि बोकेर नै केही पैसा जम्मा गरि बैदेशिक रोजगारीमा जान चाहन्छन् । तर छाक टार्न नै कठिन हुने हुँदा सपनामा मात्र रोजगारीका लागि विदेश गएको देख्ने नुवाकोटका खेमबाबु घलेले बताए । उनी सानैमा बैदेशीक रोजगारीमा जाने सपना बोकेर काठमाडौ आएका हुन् । तर काठमाडौंमा नै २७ बर्ष विताईसके । उनको सपना पुरा गर्न उनी सक्षम भएका छैनन् । कष्टकर भरिया जिवनमा आफ्नो सपनालाई थाति राख्दै अहिले परिवारको आवश्यकता पूुर्ति गर्नमा तल्लिन छन् ।

तर काम अनुसारको ज्याला नपाउदा उनीहरुका विस्तारै निराशा पलाउदै गएको छ। त्यसमा पनि अस्तव्यस्त र महंगीले गाँजेको राजधानीमा सानोतिनो काम गर्नेहरुलाई जिवनी चलाउदै मुश्किल छ । संविधानले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सुरक्षाको हकबारे व्यवस्था गरेको छ । तर राजधानीको कालिमाटी, असन, कलंकी, नयाँ बसपार्क लगायतका स्थानमा भेटिने भरिया र श्रमिकको अवस्था भने उस्तै छ । सरकारले बनाएका नियममा कहिल्यै श्रमिकहरु पर्न सकेका छैनन् । श्रमिकहरुको कामको मूल्यांकन गरि ज्याला निर्धारण भने कहिल्यै हुन सकेको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x