Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

‘नेपाल भ्रमण वर्ष २०२०’ नयाँ गन्तव्यको खोजीसँगै पूर्वाधार निर्माणमा व्यवसायीको जोड

‘नेपाल भ्रमण वर्ष २०२०’ नयाँ गन्तव्यको खोजीसँगै पूर्वाधार निर्माणमा व्यवसायीको जोड

बलराम बुढाथोकी
काठमाडौं ८ , फागुन । व्यवसायीहरुका अनुसार नेपाल भ्रमणमा आएका पर्यटकहरुले सरदर १५ दिन नेपालमा बिताउछन् । १५ दिनको बसाईमा काठमाडौं उपत्यका सहित नेपालका प्रमुख पर्यटकीय स्थलहरु पोखरा, चितवन, लुम्बिनी, अन्नपूर्ण पदमार्ग, लाङटाङ, मनाङ, मुस्ताङ लगायतका अन्य केही परिचित गन्तव्यहरुको भ्रमण गरेर स्वदेश फर्कन्छन् ।

तर कतिपय पर्यटकहरु भने नेपालको सौन्दर्य देखेर आफ्नो नेपाल बसाईलाई लम्याउछन् । नेपालका अन्य ग्रामिण भेगहरुका सौन्दर्यसँग रमन गर्न चाहने उनीहरु भ्रमण पछि कमै मात्र सन्तुष्ट हुन्छन् । उनीहरु सन्तुष्ट नहुनुको एउटै कारण हो । यात्राका क्रममा पाइने सास्ती । चलेका केही गन्तव्यस्थल बाहेक अन्य स्थान सम्म जाने सडक देखि बसोबास सम्म राम्रो व्यवस्था छैन । जसले गर्दा यात्रामा ठुलो सास्ती खेप्नुपरेको गुनासो पर्यटकहरुले गर्छन ।

राज्यले पर्यटन विकासका लागि सबैभन्दा पहिला पूर्वाधारको विकास गर्न जरुरी भएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहाल बताउछन् । पूर्वाधार विना पर्यटक लैजान नसक्ने भन्दै उनले पहिचान गरिएका पर्यटकीय स्थलमा बसोबास देखि यातायात सम्मका पूर्वाधार विकासमा जोड दिए ।

त्यस्तै नियम कानुनको अभावमा पनि पर्यटनमा ठुलो विकृति फैलिएको र पर्यटकले अनाहकमा दुख पाउने गरेको व्यवसायीको बुझाई छ । ‘पदयात्राको नाममा समूह बनाउने र आफु खुशी जो सुकैले पनि पदयात्रा गराउने गरेका छन् ।’ उनले भने, ‘त्यो गलत काम हो । यसले पदायात्रा सम्बबन्धि अनावश्यक भ्रम फैलाउने र दुर्घटनाको जोखिम समेत बढ्ने गरेको छ । ’ पर्यटन क्षेत्रलाई सुरक्षित बनाउनको लागि सरकारले इजातल प्राप्त संस्थालाई मात्र पर्यटक घुमाउने र उनीहरुको सम्पूर्ण जिम्मेवारी दिनु पर्ने अध्यक्ष दाहालले बताए ।

नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित ‘सन् २०२० मा नेपाल भ्रमण वर्ष ’ मनाउने भएको छ । सो बेला आउने पर्यटकलाई अहिले भएका बाहेक अन्य स्थानमा समेत भ्रमण गराउन पदमार्ग खोजीको काम गरिरहेको पनि उनले बताए ।

प्रत्येक प्रदेशमा २ देखि ५ वटा पदमार्गहरु खोज्ने योजना टानको छ । यो योजनाले दोहो¥याए नेपाल भ्रमणमा आउने पर्यटकलाई अझ लाभदायक हुने अनुमान गरिएको छ ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) का पूर्वअध्यक्ष रामप्रसाद सापकोटाका अनुसार नेपालमा आएका अधिकांश पर्यटकको उद्धेश्य नेपालको हिमाल, डाँडा, पाखापखेरा, ताल तलैया र झरना हेरेर अच्मित पर्छन । अझ नेपालमा भएको साँस्कृतिक विविधताले उनीहरु झनै मोहित हुन्छन् । यसकारण पनि गाउँ–गाउँमा पर्यटकीय गन्तव्यहरुको खोजी गरि उनीहरुलाई त्यता तिर आकर्षित गराउनुपर्ने उनको भनाई छ । यसले ग्रामिण अर्थतन्त्रको विकासमा समेत योग्दान पुग्ने छ ।

त्यस्तै हिमाल आरोहणका लागि आउने पर्यटकहरुलाई पनि नयाँ गन्तव्य दिनुपर्ने नेपाल पर्वतारोहण संघ (एनएमए) महासचिव कुलबहादुर गुरुङ्गले बताए । अहिले नेपाल आउने अधिकांश पर्यटकले सगरमाथा, कञ्चनजंगा, लोत्से, मकालु, चोयु लगायतका हिमाल मात्र चढ्ने गरेका छन् । आरोहणका लागि खुला गरिएका अन्य हिमालहरुमा पर्यटकहरुलाई आकर्षित गर्नुपर्ने आवश्यक रहेको उनले बताए । खुला गरिएका हिमालमा जाने बाटो घाटोको राम्रो प्रबन्धन नहुदाँ पर्यटकहरु लैजान समस्या भएको उनले बताए । २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित मनाउन लागिएको भ्रमण वर्षमा नेपाल आउने पर्यटकलाई नयाँ गन्तव्यको छनौट दिनुपर्ने व्यवसायीहरुको भनाई छ ।

उत्ता, पछिल्लो समय नेपाल आउने पर्यटकको आगमन बढेसँगै होटल क्षेत्रमा पनि लगानी थपिँदै गएको छ । नेपाली मात्र होइन अन्तर्राष्ट्रिय होटलहरुले पनि नेपालमा संजाल विस्तार गरिरहेका छन् । अहिले पनि पर्यटकीय स्तरमा ६ सय ३६ होटल तथा रेष्टुरेन्टहरु संचालनमा छन् । अहिले भएका र निर्माणधिन अवस्थामा रहेकाल होटलले २० देखि २५ लाख पर्यटकलाई सेवा दिन सक्ने व्यवसायीले बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x