वुक क्लोजको सुचना दिन किन विलम्ब भन्दै नेप्सेले सोध्यो नबिल बैंकसँग स्पष्टिकरण
काठमाडौं, १० फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नबिल बैंकलाई २४ घन्टे स्पष्टिकरण सोधेको छ । सार्वजनिक महत्वका सुचनाा कम्तिमा ७ दिन अघि जानकारी गराउनुपर्नेमा किन विलम्ब गरेको भन्दै नेप्सेले २४ घण्टा भित्र जवाफ पेश गर्न निर्देशन दिएको हो ।
नबिल बैंकले फागुन २७ गते साधारण सभा गर्नका लागि फागुन १४ गतेदेखि बुक क्लोज गर्ने सुचना प्रकाशित गरेको छ। सोही सूचनापछि आज नेप्सेले स्पष्टिकरण सोधेको हो ।