Date

शनि, असार २१, २०८२
Sat, July 5, 2025

बिक्रेता महासंघले फागुन ३० देखि देशभर ग्यास बिक्री बन्द गर्ने

बिक्रेता महासंघले फागुन ३० देखि देशभर ग्यास बिक्री बन्द गर्ने

काठमाडौं, १० फागनु । ग्यास बिक्रेता महासंघ नेपालले फागुन ३० गते देखि देशैभरि ग्यास बिक्री, बितरण बन्द गर्ने चेतावनी दिएको छ । एलपि ग्यास उद्योग संघको जायज मागहरु सम्बोधन गर्नुपर्ने,
बिक्रेता प्रमाणिकरणको काम तत्काल सुरु गर्नुपर्ने, बिक्रेतालाई आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै सरकारलाई महासंघले ३० गते सम्मको समय दिएको छ ।

सरकारले विगतमा पटक पटक माग सम्बोधनको आश्वासन दिएपनि पुरा नगरेको भन्दै आन्दोलनमा जान बाध्य भएको महासंघले जनाएको छ ।

ग्यास उद्योग संघले यसअघि कमिसन रकम बढाउनुपर्ने लगायतका विभिन्न १० बुँदे माग राख्दै देशव्यापी आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *