Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सेयर बजारमा ७.४१ अंकको सुधार

सेयर बजारमा ७.४१ अंकको सुधार

काठमाडौं, १३ फागुन । साताको दोस्रो कारोबार दिन सेयर बजारमा ७.४१ अंकको सुधार आएको छ । हिजो १० अंकले घटेर ११०२.३२ को बिन्दुमा झरेको बजार आज भने ११०९.७३ को बिन्दुमा उक्लिएको छ ।

आज कारोबारमा आएका फाइनान्स बाहेक अरु सबै समुहको परिसुचक उकालो लागेको छ । फाइनान्स समुहको परिसुचक ०.६५ अंकले मात्र घटेको छ । सबैभन्दा बढी निर्जीवन जीवन बीमा समुहको परिसुचक ७२.१७ अंकले बढेको छ । त्यस्तै जीवन बीमा समुहको परिसुचक ६०.०२, उत्पादन तथा प्रशोधन २०.३ठ, माइक्रोफाइनान्स १०.५१ र अन्य समुहको परिसुचक १०.५८ अंकले बढेको छ ।

१ सय ६६ कम्पनीको २० करोड बढीको सेयर कारोबार भएको छ । त्यसमा सबैभन्दा बढी नविल बैंकको सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीका लागनीकर्ताले कमाएका छन् भने सहयोगी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाउन पुगेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x