Shangrila

कामना सेवा बैंककोे ६७ औं शाखा सर्लाहीको हरिवनमा

काठमाडौं, १३ फागुन । कामना सेवा विकास बैंक लिमिटेडले सर्लाहीको हरिवन नगरपालिका वडा नं ११, हरिवनमा शाखा कार्यालय संचालनमा ल्याएको छ । सो शाखाबाट बैंकका संचालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार सुभारम्भ गरे ।

यो बैंकको ६७ औं शाखा कार्यालय हो । आफ्नो सेवालाई देशव्यापी बनाउने योजना अनुरुप शाखा विस्तार गरेको बैंकले जनाएको छ। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले यो शाखा प्रदेश नं २ को लागि तेस्रो शाखा भएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने गरि निर्माण तथा सजावटको काम भईरहेको जानकारी दिए ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *