हकप्रद शेयर निष्कासन गर्ने सेन्ट्रल फाइनान्सको बुक क्लोज

काठमाडौं, २५ मंसिर । सेन्ट्रल फाइनान्सले २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि पौष ४ गते शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ । मंसिर २४ गते बसेको फाइनान्सको संचालक समितिले पौष ४ गते शेयर दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । जसको सुचना फाइनान्सले नेपाल स्टक एक्सचेन्जलाई गराएको छ ।

फाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको २६ लाख ३ हजार ३१४.०८ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर निष्कासनको लागि फाइनान्सले एनआईबिएल क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सेन्ट्रल फाइनान्सको शेयर पौष ४ गते अगाडि किन्ने शेयर लगानीकर्ताहरुले कम्पनीले जारी गर्ने ५० प्रतिशत हकप्रद शेयरको दावेदार हुन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *