Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

राष्ट्रिय प्रांगारिक कृषि मेला फागुन १६ देखि १९ सम्म

राष्ट्रिय प्रांगारिक कृषि मेला फागुन १६ देखि १९ सम्म

काठमाडौं, १५ फागुन । यही फागुन १६ देखि १९ गतेसम्म राष्ट्रिय प्रांगारिक कृषि मेला हुने भएको छ । ‘प्रांगारिक कृषि पद्धति अपनाऔं, माटो र जीवन बचाऔं’ भन्ने मूल नारा सहित ललितपुरको जाउलाखेल फुटबल मैदानमा उक्त मेला हुन लागेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रको संयुक्त आयोजनामा हुन लागेको सो मेलामा १ सय २५ स्टल रहने छन् । मेलामा प्रांगारिक कृषि गर्ने जो कोहीलाई पनि निःशुल्क स्टलको व्यवस्था गरिएको कृषि विभागका उपमहानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिए । मेलामा प्रांगारिक उत्पादन गर्ने मलदेखि विभिन्न उत्पादनको स्टल रहने बताइएको छ ।

प्रांगारिक तथा रैथाने परिकार महोत्सव, प्रांगारिक कृषिसम्बन्धी प्यानल तथा अन्तरक्रिया कार्यक्रम, प्रांगारिक कृषि उपजहरूको विक्रीवितरणका साथै बाली उपचार शिविर, माटो परीक्षणलगायत मेलामा सेवाहरू प्रदान गरिने केन्द्रले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x