बर्दियामा इन्भेष्टमेण्ट बैंकको नयाँ एक्स्टेन्सन काउण्टर
काठमाडौं १५, फागुन । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले नयाँ एक्स्टेन्सन काउण्टर संचालनमा ल्याएको छ । बैंकले बर्दियाको बासगढी नगरपालिका–१ स्थित बबई चेपाङ्गमा नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।
बबई एक्स्टेन्सन काउण्टर संचालन भएसँगै त्यहाँका जनतालाई रकम खातामा जम्मा गर्न र झिक्न सहज हुनुका साथै रेमिट्यान्सको सुविधा, मोवाइल बैंकिङ्ग जस्ता बैंकिङ्ग कारोवार गर्न समेत सहयोग पुग्ने बैंकको दावी छ ।
हाल बैंकले ७८ वटा शाखा कार्यालय, ८ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजस्व संकलन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ इकाई, १ सय १० वटा एटिएम तथा ३ हजार ६ सय ६५ वटा पीओएस मेसिनबाट सेवा दिइरहेको जनाइएको छ।