Shangrila

शेयर बजारमा सुस्तायो

काठमाडौं, २५ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउँदै गर्दा शेयर बजार भने सुस्ताएको छ । सोमबार शेयर बजारको परिसुचक २.७४ अंकले घटेको छ ।

सोमबार शेयर बजार खुलेदेखी नेप्से परिसुचक ओरालो लाग्ने क्रममा नै रह्यो । कारोबारको अन्तिम एक घण्टामा शेयर बजार माथि उक्ले पनि बजार समग्रमा घटेको छ । ८ अंकभन्दा बढिले घटेको शेयर बजार अन्त्यमा आएर २.७४ अंकले मात्र घटेर १५२७.७५ विन्दुमा गएर थामिएको छ ।

शेयर बजार ओरालो लागेसंगै कारोबार रकममा पनि गिरावट आएको छ । हिजो आइतबार ६४ करोड रुपैयाँको कारोबार रकम भएको आज सोमबार घटेर ४६ करोड ४५ लाख ५० हजार ६१८ रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै सोमबार १५७ कम्पनीहरुको ८ लाख ५६ हजार ११८ कित्ता शेयरको किनबेच भएको छ । आज उत्पादन समुह र अन्य समुह बाहेक सबै समुहगत परिसुचकमा गिरावट आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *