Date

सोम, असार ४, २०८१
Mon, June 17, 2024

ग्याँस उद्योगी र निगम बीच तीनबुँदे सहमति, आन्दोलन फिर्ता

ग्याँस उद्योगी  र निगम बीच तीनबुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं २२ फागुन । नेपाल एल पि ग्याँस उद्योग संघले राखेका मागको सम्वन्धमा नेपाल आयल निगम र नेपाल एल पि ग्याँस उद्योग संघका पदाधिकारीहरुको बीच तीनबुँदे सहमति भए संग्गै ग्यास  उद्योगी ब्यवसायीले गर्दै आएको आन्दोलन स्थगित भएको छ । सरकारले माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि ग्यास उद्योगीले हड्ताल कार्यक्रम स्थगित गरेका हुन ।

वार्तामा उद्योगीको मागका बारेमा अध्ययन गर्न गठित समितिले १५ दिनभित्र सुझाब दिने र पेट्रोलियम पदार्थको व्यवस्थापन र समग्र सुधारको मार्गचित्र तयार गर्न उच्चस्तरीय समिति गठन गर्ने समेत सहमति भएको छ।  यसअघि ग्यास उद्योगीले १० बुँदे माग राख्दै हड्तालको घोषणा गर्दा बजारमा ग्याँसको अभाव सृजना भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x