Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

नेपाल र बङ्गलादेशबीच दोहोरो कर मुक्तिसम्बन्धी सम्झौता

नेपाल र बङ्गलादेशबीच दोहोरो कर मुक्तिसम्बन्धी सम्झौता

काठमाडौं,२२ फागुन । नेपाल र बङ्गलादेशबीच दोहोरो कर मुक्तिसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सरकारले लगानी सम्मेलनलाई लक्षित गरी बढी भन्दा बढी लगानी भित्राउने उदेश्यका साथ दोहोरो कर मुक्ति समम्वन्धी समझौता गरेको हो । सम्झौताले नेपालमा लगानी गर्ने बङ्गलादेशका उद्योगीलाई नेपालमा मात्र कर तिरे हुने गरी मार्ग प्रशस्त गरेको छ ।

राजश्व सचिव लालशङ्कर घिमिरे र बङ्गलादेशका राजश्व सचिव मुसरफ हुसेनले दुइ देश बीच भएको उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।  नेपालले यसअघि चीन, भारत, कतार, दक्षिण कोरिया, पाकिस्तान, मौरिसस, अष्ट्रिया, श्रीलङ्का, नर्वे र थाइल्याण्डसँग दोहोरो कर उन्मुक्ति सम्झौता गरिसकेको छ । उक्त सम्झौतामा हस्ताक्षर गर्ने तयारी २०७१ सालमै भए पनि विभिन्न कारणले रोकिएको थियो ।

द्विपक्षीय लगानी, व्यापार विस्तार तथा रोजगारीमा रहनेलाई समेत फाइदा पुग्ने र लगानीको वातावरण बन्ने भएकाले त्यस्तो सम्झौतालाई विश्वका धेरै देशले अवलम्बन गर्दै आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x