Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

फागुन २६ देखि अन्तर्राष्ट्रिय किसान सम्मेलन

फागुन २६ देखि अन्तर्राष्ट्रिय किसान सम्मेलन

काठमाडौं, २३ फागुन । यही फागुन २६ गतेदेखि २८ गतेसम्म काठमाडौंमा अन्तर्राष्ट्रिय किसान सम्मेलन हुने भएको छ। राष्ट्रिय किसान आयोगले पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको किसान सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएको हो ।

‘खाद्य सम्प्रभुता र किसान अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ नाम दिइएको सो सम्मेलन मुलुकलाई समृद्ध बनाउने गरी किसानको अधिकार र कृषि क्षेत्रको विकासका लागि आवश्यक नीति तय गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको आयोगका प्रवक्ता रविन्द्र केसीले जानकारी दिए।

३ दिनसम्म चल्ने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित भारत, चीन, बंगलादेश, पाकिस्तान, श्रीलंका, इन्डोनेसिया, मलेसिया, भियतनामका कृषि विज्ञहरु, किसान संघ, संस्थाका प्रतिनिधिहरु गरी करीब ३ सय ५० जनाको सहभागिता रहनेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x