राष्ट्र बैंकले १० अर्वको रिपो जारी गर्ने

काठमाडौं, २३ फागुन । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ रिपो जारी गर्ने भएको छ । केन्द्रीय बैंकले लगानीयोग्य नगद अभाव हुन थालेपछि १० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो ।

७ दिनमा परिपक्क हुने गरी रिपो जारी गर्न लागेको हो । रिपो आज अपराह्न ३ बजे बोलकबोल गरेर आजै जारी हुने राष्ट्र बैंकले जनाएको छ । फागुन ३० गते परिपक्क हुने यस रिपोको ब्याजदर ५ प्रतिशत तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *