Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सेञ्चुरी बैंकद्वारा स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न

सेञ्चुरी बैंकद्वारा स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, २३ फागुन । सेञ्चुरी कमर्सियल बैंकले निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ। बैंकले आफ्नो स्थापनाको ८ औं बर्ष पुरा गरि ९ औं बर्षमा प्रवेश गरेको अवसरमा संस्थागत उत्तरदायित्व अन्तर्गत रउक्त कार्यक्रम गरेको हो ।

नेपाल रेडक्रस सोसाईटी र नर्भिक इन्टरनेशनल हस्पिटलको सहयोगमा बैंकले काठमाडौ केन्द्रिय कार्यालय प्राङगरमा सो कार्यक्रम गरेको थियो । यो संगै सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका सबै शाखा कार्यालयले विभिन्न सेवा मुलक कार्यक्रम गरिरको जनाएको छ ।

१ अर्ब ६० करोड पुँजी सहित ८ बर्ष अगाडी स्थापित बैंकको हाल ८ अर्ब २५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । त्यस्तै बैंकले हाल ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ६० अर्ब रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ । बैंकको मुलुक भर १ सय १९ वटा शाखा ६३ वटा एटिएमहरु रहेका छन् ।
आगामी दिनमा व्यवसाय विस्तारका लागि राष्ट्र बैंकको ऐनमा समावेश गरिएका सम्पुर्ण क्षेत्रमा लगानी गर्ने र गाँउगाँउमा वित्तिय सचेतना कार्यक्रम गर्दै व्यवसायको आकार बढाउने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x