नविल बैंकले ल्यायो एसएमईमा लगानी गर्न सजिलो कर्जा स्किम
काठमाडौं, २३ फागुन । नबिल बैंकले साना तथा मझौता उद्यम (एसएमई) लाई लक्ष्य गर्दै नबिल सजिलो कर्जा स्किम ल्याएको छ । यूकेएड सक्षमसँगको साझेदारी परियोजना अन्तर्गत बैंकले साना व्यवसायका लागि यो कर्जाको योजना ल्याएको हो ।
चार करोड रुपैयाँसम्म व्यापार कारोबार भएका उद्योगलाई साना उद्योगको परिभाषा दिँदै एक करोड ५० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने बताएको छ । बुधबारबाट औपचारिक सुरु भएको यो योजनाको ब्याजदर एक वर्षसम्म १०.५ प्रतिशत रहने बताइएको छ । साथै एसएमईका लागि कर्पोरेट तथा मझ्यौलाभन्दा फरक ऋण प्रक्रिया बनाउन सहजीकरण पनि भइरहेको बताइएको छ ।