Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सेयर बजार सुधारको बाटोमा, आज १६.०१ अंकले बढ्यो

सेयर बजार सुधारको बाटोमा, आज १६.०१ अंकले बढ्यो

काठमाडौं, २३ फागुन । पछिल्ला केहीदिन यता सेयर बजारमा क्रमश सुधार देखिएको छ । अघिल्लो दुई दिन सामान्य अंकले बढेको बजारमा आज भने दोहोरो अंकले बृद्धि भएको छ।

साताको अन्तिम कारोबारका दिन आज नेपाल स्टकएक्सचेन्ज (नेप्से) १६.०१ अंकले बढेर १,१२७.७७ को विन्दुमा चढेको छ।

सो दिन कुल १ सय ७६ कम्पनीहरुको ११,१४,८७४ कित्ता सेयर खरिद बिक्री हुँदा २३ करोड ९३ लाख ५८ हजार ३ सय २० रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारको आधारमा नेपाल लाईफ ईन्स्योरेन्सको १ करोड ९८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । साथै नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक, अपर तामाकोशी हाइड्रोपावर कम्पनी र प्रभु बैंकले पनि १ करोड रुपैयाँ भन्दा बढी कारोबार गरेका छन् ।

त्यसैगरि पुर्णिमा विकास बैंकका लगानीकर्ताहरुले सबै भन्दा बढी कमाएका छन् । जसको सेयरमुल्य ९.९४ प्रतिशतले बढेको छ । घालेम्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सबै भन्दा बढी गुमाएका छन् । जसको प्रतिसेयर मुल्य ४.६७२९ प्रतिशतले घटेको छ ।

नेप्सेमा सुचिकृत १० वटा समुह मध्ये ९ वटा समुहको परिसुचक उकालो लागेको छ । आज उत्पादन तथा प्रशोधन समुह १८.६९ अंकले घट्दा जिवन बीमा समुह भने सबैभन्दा बढी १५९.३२ अंकले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x