मेरो सुरक्षाको मोबाइल इन्स्योरेन्स सेवा देशभर विस्तार हुँदै

काठमाडौं, २३ फागुन । मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन प्लान उपत्यका बाहिर पनि विस्तार भएको छ । संचालनमा आएको छोटो समयमै मोबाइल प्रयोगकर्ताबीच लोकप्रिय बनेको मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा चितवनको नारायणगढबाट पनि मोबाइल इन्स्योरेन्स सेवा आरम्भ गरेको हो ।

विहीबार एक कार्यक्रमकाबीच नेपाल मोबाइल बितरक संघका अध्यक्ष दिनेश चुल्याधले मेरो सुरक्षाको नारायणगढ शाखाको शुभारम्भ गरे । उनले मेरो सुरक्षाको योजना ग्राहक, माबाइल व्यवसायी तथा राष्ट्रको हितमा रहेको उल्लेख गरे ।

नारायणगढको ए टु जेड मोबाइल हाउसका एक दर्जन बढी पसलहरुबाट मेरो सुरक्षाको प्रोटेक्सन प्लानमा सहभागि हुन सकिने छ । संघका महासचिव रघुनाथ तिवारीले मेरो सुरक्षाको मोबाइल इन्स्योरेन्स योजनाले प्रयोगकर्ता मात्र नभई व्यवसायी पनि लाभन्वित हुने बताए । राजधानीमा अपार सफलतापछि उपत्यका बाहिर पनि यसको माग बढेकाले विहिबारदेखि चितवनको नारायणगढमा मेरो सुरक्षाको प्रोटेक्शन प्लान संचालनमा ल्याइएको मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले जानकारी दिए ।

निकट भविष्यमा नै पोखरा, पाल्पा, बुटवल र तनहँुबाट पनि यो सेवा सुरु हुने सुनवारले बताए । मेरो सुरक्षाले यसअघि बीरगंजमा आफ्नो सेवा विस्तार गरिसकेको छ । सेवा सुरु गरेको पाँच महिनाको अवधिमा नै दश हजार बढी मोबाइल प्रयोगकर्ता मेरो सुरक्षाको प्रोटेक्शन प्लानमा आवद्ध भईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *