Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

भक्तपुर र काभ्रेपलाञ्चोकमा मुक्तिनाथ बैंकको नयाँ शाखा

भक्तपुर र काभ्रेपलाञ्चोकमा मुक्तिनाथ बैंकको नयाँ शाखा

काठमाडौं, २३ फागुन । मुक्तिनाथ विकास बैंकको एकै दिन थप २ शाखा संचालनमा ल्याएको छ । बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा भक्तपुरको ठिमी र काभ्रेपलाञ्चोकको बनेपामा नयाँ शाखा संचालनमा ल्याएको छ ।

ठिमी शाखाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताए । उनले यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नु पर्नेमा जोड दिए ।

त्यसैगरी बनेपा शाखाको उद्घाटन गर्दै बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह वादे श्रेष्ठले मुक्तिनाथ विकास बैंकको सेवा उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले स्थानीय संघसस्थाहरुसंग समन्वय गरी अझ गुणस्तरीय सेवा प्रदान गर्दै जानुपर्ने बताए ।

बैंकका सञ्चालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिबारेमा जानकारी गराए । मुक्तिनाथ विकास बैंकले १ सय १४ वटा शाखा, २० वटा एटिएमबाट करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x