Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

पर्यटन मन्त्री अधिकारी सहित सातै जनाको सम्झना पर्यटन व्यवसायीको शोक सभा

पर्यटन मन्त्री अधिकारी सहित सातै जनाको सम्झना पर्यटन व्यवसायीको शोक सभा

काठमाडौं २४, फागुन । हेलिकोप्टर दुर्घटनमा परि निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, पर्यटन उद्यमी आङछिरिङ शेर्पा सहित सातै जनाको सम्झनामा पर्यटन सम्बद्ध विभिन्न संघ सस्थाहरुले शोक सभा आयोजना गरेका छन् । नेपाल पर्यटन बोर्डमा वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यमा आज भएको कार्यक्रममा व्यवसायीहरुले मृतकको चिरशान्त्तिको कामना गरेका थिए ।

मन्त्री अधिकारीले एक वर्षको अन्तरालमा पर्यटन क्षेत्रमा पु¥याएको महत्वपूर्ण योगदानलाई पर्यटन व्यवसायीले स्मरण गरेका थिए । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने मन्त्री अधिकारीले योजनालाई सबैले मिलेर साकार गर्नुपर्ने व्यवसायीहरुको भनाई थियो ।

त्यस्तै मन्त्री बस्नेतले विकास प्रेमी नेता गुमाउनु पर्दा देशले ठूलो क्षति व्यहोर्नु परेको बताइन । विकास र समृद्धिमा उनको सधै ध्यान हुने गरेको भन्दै उनले उनको सपनालाई सबै मिलेर साकार पार्नुपर्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x