आइएमई लाइफ र माछापुच्छ्रे बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं २४, फागुन । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौता पत्रमा इन्स्योरेन्सका सहायक महाप्रबन्धक आशिष सिंह र बैंकका उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।

सो बैंकास्योरेन्स सम्झौता अनुसार सर्वसाधारण तथा बैंकका ग्राहकहरुले माछापुच्छ्रे बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्समा जीवनबीमा गराउन सक्ने छन् ।

आइएमई लाइफइन्स्योरेन्सले हाल ६७ भन्दा बढी शाखामार्फत विभिन्न १० वटा योजनाहरुमा बीमा गराउदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *