पञ्जावल नेशनल बैंकका प्रबन्ध निर्देशक मेहताले गरे एभरेष्ट बैंकको अवलोकन
काठमाडौं, २४ फागुन । एभरेष्ट बैंक लिमिटेडको साझेदार भारतको पञ्जाव नेशनल बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सुनिल मेहताले एभरेष्ट बैंकको अवलोकन भ्रमण गरेका छन् ।
२५ बर्ष अगाडि पञ्जाव नेशनल बैंकको लगानीमा एभरेष्ट बैंक स्थापना भएको थियो । भ्रमणका क्रममा मेहेताले नेपालका अन्य आर्थिक सम्भावनाका क्षेत्रहरुमा लगानि गर्न चाहेको बताए ।
भारतको दोस्रो ठुलो बैकको रुपमा रहेको पञ्जाव नेशनल बैंक १ सय २४ बर्ष पुरानो बैंक हो । हाल बैंकले १०.८५ लाख करोडको कारोबार गरिरहेको छ भने ७ हजार शाखा कार्यालय र ९ हजार एटिएम मेशिनहरु रहेको छ ।
यस्तै पञ्जावको साझेदार एभरेष्ट बैंकले मुलुक भर ९२ शाखा कार्यालयहरुबाट १० लाख भन्दा बढी ग्राहकलाई सेवा दिदै आएको छ ।