Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नतीको काम, दैनिक १० घण्टा विमानस्थल बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नतीको काम, दैनिक १० घण्टा विमानस्थल बन्द

काठमाडौं, २६ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा नयाँ कालोपत्र गर्ने काम सुरु भएको छ। यसका लागि हिजो (शनिवार) देखि राति १० घण्टा विमानस्थल बन्द गरि काम सुरु गरिएको छ।

पुरानो कालोपत्र उप्काएर नयाँ हाल्न ३ अर्ब ७५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

सुरुमा धावनमार्गको सेन्टरलाइन लाइट लगाउने र सँगसँगै कालोपत्र हालिनेछ । निर्माण कम्पनीले तीन महीनाभित्रै रनवे तथा ट्याक्सी वेको काम सक्ने जनाएको छ। दैनिक ८० मिटरका दरले धावनमार्गको कालोपत्र गरिने लक्ष्य लिइएको छ।

बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरिने त्रिभुवन विमानस्थलका प्रमुख राजकुमार क्षत्रीले जानकारी दिए । यस अघि विमानस्थल २२ घण्टा संचालन हुदै आएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x