Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

घरेलु उद्योग महोत्सवमा शनिबारसम्म १० करोड बढीको कारोबार

घरेलु उद्योग महोत्सवमा शनिबारसम्म १० करोड बढीको कारोबार

काठमाडौं, २६ फागुन । काठमाडौंको भृकुटीमण्डपमा जारी १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको तेस्रो दिन शनिबारसम्म सवा १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । शनिबारसम्म मेलामा एक लाख ८७ हजार अवलोकनकर्ताले अवलोकन गरेका छन् ।

मेलामा विहीबार २० हजारले अवलोकन तथा ५० सवा करोडको कारोबार भएको थियो भने शुक्रबार ५० हजारले अवलोकन तथा चार करोड रुपैयाँको कारोबार भएको थियो ।

पाँच दिनसम्म चल्ने मेलामा २ सय ५ वटा स्टल रहेको छ । उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योगहरु सहभागी छन् । चीन, भारत र वंगलादेश गरी ४५ वटा अन्तर्राष्ट्रिय स्टल रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x