Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

यो साता सेयर बजारमा २७ अंकको बृद्धि

यो साता सेयर बजारमा २७ अंकको बृद्धि

काठमाडौं, २५ फागुन । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) पहिलो दिनको तुलनामा अन्तिम दिन २७.१९ अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार ११००.५८ को बिन्दुमा रहेको नेप्से बिहिबार सम्म आइपुग्दा ११२७.७७ को बिन्दुमा पुगेको छ ।

साताको ४ दिनको कारोबारमा ३५ लाख ४७ हजार ८ सय ४ कित्ता सेयर खरिद बिक्री हुँदा ९७ करोड ४५ लाख ७५ हजार ८ सय ९१ रुपैयाँ भन्दा बढी कारोबार भएको छ ।

आइतबार साताको पहिलो दिन नै नेप्से ११०० को विन्दुमा झरेको थियो । निरन्तर घटिरहेको सेयरबजार आईतबार ४.९५ अंकले घटेर १,१००.५८ विन्दुमा कारोबार बन्द भएको थियो । उक्त दिन १ सय ७४ कम्पनीको ८,७३,४९५ कित्ता सेयर खरिद बिक्री हुँदा २३ करोड ५३ लाख २० हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो ।

सोमबार महशिवरात्रीको परेकाले सार्वजानीक बिदा भएको हुँदा सो दिन नेप्से बन्द थियो ।
साताको तेस्रो कारोबार (मंगलबार) सेयर बजार झिनो अंकले बढेको थियो । उक्त दिन नेप्स २.०६ अंकले बढेर १,१०२.६४ विन्दुमा बन्द भएको बजारमा दिन १ सय ७४ कम्पनीको ७,३३,४२२ कित्ता सेयर खरिद बिक्री २२ करोड ५२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो ।

यसैगरि साताको चौथो कारोबार दिन (बुुधबार) पनि बजारमा सुधार देखिएको थियो । बुुधबार नेप्से ९.१२ अंकले बढेर १,१११.७६ विन्दुमा बन्द भएको थियो । सो दिन १ सय ६८ कम्पनीको ८ लाख ९ हजार ४६३ कित्ता सेयर खरिद–बिक्री भई २१ करोड ९९ लाख ३९ हजार बराबरको कारोबार भएको थियो ।

अघिल्लो दुई दिन सामान्य अंकले बढेको बजारमा बिहिबार भने दोहोरो अंकले बृद्धि भएको थियो । साताको अन्तिम कारोबारका दिन (नेप्से) १६.०१ अंकले बढेर १,१२७.७७ को विन्दुमा कारोबार बन्द भएको थियो । सो दिन कुल १ सय ७६ कम्पनीहरुको ११,१४,८७४ कित्ता सेयर खरिद बिक्री हुँदा २३ करोड ९३ लाख ५८ हजार ३ सय २० रुपैयाँ बराबरको कारोबार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x