उद्योगपति केडियो अपहरणका मुख्य योजनाकार पाशवान पक्राउ
काठमाडौं, २५ फागुन । वीरगन्जका उद्योगपति सुरेश केडियोको अपहरणका मुख्य योजनाकार पक्राउ परेका छन् । केडिया अपहरणका मुख्य योजनाकार भारत विहारको रक्सौल निवासी बब्लु पाशवान र बाहन चालक भारतको मोतिहारी निवासी विजय कुमार महतोलाई पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनको आयोजना गरी उनिहरुलाई सार्वजानिक गरेको हो । २०७३ साल जेष्ठ १३ गते बारा जिल्लाको महागढीमाई नगरपालिकाको वडा नं. १ स्थित पसहापुलबाट उद्योगपति केडिया अपहरणमा परेका थिए ।
केडिया अपहरणको मुख्य योजनाकार पाशवना र अपहरणको क्रममा बाहन चलाउने चालक महतोलाई पर्साको छिपहरमाई गाउपालिकाबाट शुक्रबार बिहान नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिए । सिमापारीबाट आएका संदिग्द व्यक्तिहरुले अपराधिक घटना घटाउने योजना बनाएको गोप्य पुचनाको आधारमा गाँउपालिकाको वडा नं. ५ भिष्वामा कार्यवाही गर्दा पाश्वन र महतो फेला परेको परेको हो ।
पक्राउ परेका दुवै जना भारतीय नागरिकहरुमाथि अपहरण, संगठित अपराध , शरिरबन्धक तथा हातहतियार खरखजाना मुद्दा चलाइने पर्सा प्रहरीले जानकारी दिएको छ । अपहरणमा परेका केडियालाई भारतीइ सुरक्षाकर्मीको सहयोगमा भारतको मोतिहारीबाट उद्धार गरिएको थियो ।