Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एडीबीले नेपालसँग प्रतिवद्धता गरेको मध्ये आधा रकम पनि खर्च भएन,परियोजना कार्यान्वयनमा सुधारको खाँचो

एडीबीले नेपालसँग प्रतिवद्धता गरेको मध्ये आधा रकम पनि खर्च भएन,परियोजना कार्यान्वयनमा सुधारको खाँचो

काठमाडौं, २५ फागुन । एसियाली विकास बैंक (एडीबी) ले प्रतिबद्धता गरेको ४१ प्रतिशत रकम मात्र खर्च भएको छ । एडीबीले शुक्रबार सन् २०१८ को ‘कन्ट्री पोर्टफोलियो रिभ्यु’ गर्दै यस्तो जानकारी दिएको हो ।

एडीबीले ०१८ मा ५९२ मिलियन अमेरिकी डलर अर्थात हालको विनिमय दरअनुसार ६७ अर्ब ४८ करोड ८० लाख रुपैयाँ नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । यसमध्ये ४ सय ४७ मिलियन डलरको टेन्डर गर्ने लक्ष्य थियो । तर ३६८ मिलियन डलरको मात्रै टेन्डर भयो । जुन प्रतिबद्धता रकमको ६२.१६ प्रतिशत मात्रै हो ।

प्रतिबद्धतामध्ये ४१.५ प्रतिशत अर्थात् २४६.७ मिलियन डलर अर्थात हालको विनिमय दरअनुसार २८ अर्ब १२ करोड ३८ लाख रुपैयाँ मात्रै खर्च भएको छ । यो रकम ३६ वटा आयोजनामा खर्च भएको हो । आयोजना क्षमता कमजोर हुँदा पूर्वानुमानित रकम खर्च नहुने गरेको भन्दै एडीबीका नेपाल निर्देशक मुख्तोर खामुदखानोभले परियोजना कार्यान्वयनका लागि सुधार आवश्यक रहेको बताए ।

बैंकले यातायात, सहरी विकास र खानेपानी आपूर्ति, ऊर्जा, ग्रामीण सडक, कृषि, प्राकृतिक स्रोतलगायत योजनाका लागि ऋण तथा सहायता उपलब्ध गराउँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x