नेपाल भ्रमण वर्ष सफल पार्न सरकार लागिरहेको छ : मन्त्री ज्ञवाली

काठमाडौं २६, फागुन । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपाल विश्वभरीका पर्यटकहरुको रोजाइको देश बन्न पुगेको बताएका छन् । हिमालय ट्राभल्स म्यागाजिनको २० औं वार्षिकोत्सव कार्यक्रममा नेपाल विश्वका पर्यटकहरुले भ्रमण गर्नै पर्ने देशकारुपमा नेपाल स्थापित हुँदै गएको बताए ।

मन्त्री ज्ञावालीले नेपालमा भएका हिमाल, धार्मिक स्थलहरु, नेपालको मौलिक संस्कृति र नेपालीले गर्ने अतिथि सत्कारको कारण पर्यटकको रोजाईको देश बन्न पुगेको भन्दै ति सम्पदाहरुको संरक्षणमा सरकार लागिरहेको बताए । नेपालको सौन्दर्यतालाई विश्वसामु फैलाएर ट्राभल्स हिमालयन म्यागाजिनले पर्यटकको आकर्षण वढाएको भन्दै उनले नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य पुरा गर्न सरकार लागि परेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *