जापान स्थित क्योदाइ रेमिट्यान्स आइएमईको जीवन वीमा योजना

काठमाडौं, २५ फागुन । जापान स्थित क्योदाइ रेमिट्यान्स आइएमई कम्पनीले दुर्घटना जीवनबीमा योजना ल्याएको छ । आइएमईले ‘तपाईंको कमाइ अनि परिवारको सुरक्षा सँगसँगै’ भन्ने प्रतिबद्धताका साथ आफ्ना सेवाग्राहीका लागि दुर्घटना जीवनबीमा योजना ल्याएको हो ।
योजना अन्तर्गत सेवाग्राहीले जापानबाट क्योदाइ रेमिट्यान्स मार्फत परिवारका सदस्य वा अन्य ब्यक्तिलाई पैसा पठाउँदा नेपालमा भुक्तानी पाउने ब्यक्तिको भुक्तानी पाएको दिन देखी पाँच लाख रुपैयाँको १ बर्षे दुर्घटना जीवन बीमा हुनेछ ।


क्योदाइ रेमिट्यान्स् आइएमईले आफ्ना सेवाग्राहीले गर्ने प्रत्येक कारोबारमा बोनस पोइन्ट पनि दिने गरेको छ । उक्त दुर्घटना जीवनबीमा योजना ४० वा सो भन्दा बढी बोनस पोइन्ट हुने सेवाग्राहीमा लागु हुन जनाईएको छ । सोही आधार बमोजिमजनवरी महिनामा जापानबाट नेपालमा पठाएको पैसाको भुक्तानी लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *