ब्राण्ड पहिचान स्पष्ट नभएका मालवस्तु पूर्णरुपमा प्रतिबन्ध लगाइने
काठमाडौं,२७ फागुन । सरकारले अन्तर्राष्ट्रिय बजारबाट नेपाल भित्रने सस्ता एव र ब्राण्ड पहिचान स्पष्ट नभएका मालवस्तु पूर्णरुपमा प्रतिबन्ध लगाउने भएको छ ।
लागत मूल्यभन्दा कम मूल्यमा आयात एव उत्पादित त्यस्ता वस्तुलाई प्रतिबन्ध लगाउने गरी संसदमा ‘सेफगार्डस्, एन्टी–डम्पिङ्ग तथा काउण्टरभेलिङ्ग विधेयक’ पेश भएको छ । विधेयक पारित भएसँगै त्यस्ता मालपबस्तुमा पूर्ण प्रतिवन्ध लगाउन बाटो खुल्ने छ
विधेयक पारित भएपनछि अन्र्तर्राष्ट्रिय बजारबाट नेपाल भित्रने सस्ता र ब्राण्ड पहिचान स्पष्ट नभएका मालवस्तु पूर्णरुपमा प्रतिबन्धित हुनेछन् भने स्वदेशी उद्योग धारासयी बन्ने अवस्थाबाट जोगिने विश्वास लिइएको छ ।
यस्तै अन्र्तर्राष्ट्रिय बजारबाट नेपाल भित्रने सस्ता वस्तुको आयातमा रोकिने छ भने डम्पिङ्ग गरिएको देखिए भन्सार र अतिरिक्त एन्टी–डम्पिङ्ग शुल्क लाग्ने छ ।