सप्तरीको राजविराजमा एन आई सी एशियाको नयाँ शाखा संचालनमा
काठमाडौं,२७ फागुन । एन आई सी एशिया बैंक लिले राजविराज नगरपालिका वडा नं ८, सप्तरी स्थित राजविराजमा नयाँ शाखा सचालनमा ल्याएको छ । शाखाको राजविराज नगरपालिकाका नगर प्रमुख श्री शम्भु प्रसाद यादवज्यू समुद्घाटन सु–सम्पन्न भयो । उक्त शाखाको उद्घाटन गर्दै नगर प्रमुख श्री यादवज्युले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गर्नुभयो ।
बैंकका मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर रहेका छन् । एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।