Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सिटिजन्स बैंक र आरआरआईसीबीच तालिम संचालनको सम्झौता

सिटिजन्स बैंक र आरआरआईसीबीच तालिम संचालनको सम्झौता

काठमाडौं, २७ फागुन । सिटिजन्स बैंक इन्टरनेशनल र इन्डिपेन्डेन्ट रिसर्च एन्ड इन्भेष्टमेन्ट कम्पनी (आइआरआइसी) बीच तालिम सञ्चालन गर्ने सम्झौता भएको छ । सिटिजन्स बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिवृद्धिका लागि आइआरआइसीले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ तालिमहरु प्रदान गर्नेछ ।

यसका साथै आइआरआइसीले आयोजना गर्ने विभिन्न सम्मेलन, सेमिनार तथा कार्यशालाहरूमा बैंकको सहभागिता रहनेछ । सिटिजन्स बैंकले देशैभरी आफ्ना ८१ वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ इकाईबाट करिब ४ लाख ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x