Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नविल बैंकको ३४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित

नविल बैंकको ३४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित

काठमाडौं, २७ फागुन । नविल बैंक लिमिटेडले ३४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकको आज सम्पन्न ३४ औं बार्षिक साधारण सभाले २२ प्रतिशत नगद र १२ प्रतिशतका बोनस सेयर गरि कुल ३४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।

यसका अतिरित्त साधारण सभाले गत आर्थिक वर्षको वित्तिय विवरण माथि छलफल सहित पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति गरि पारिश्रमिक समेत निर्धारण गरेको छ।

हाल नविलको चुक्ता पुँजी ८ अर्व ४ करोड ३२ लाख रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरण पश्चात चुक्ता पुँजी ९ अर्व ८४ लाख रुपैयाँ पुग्ने छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले २ अर्व १७ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । काठमाडौंको दरबारमार्गमा रहेको प्रधान कार्यालय सहित ७६ वटा शाखा कार्यालय र ५४ भन्दा बढी एटिएम मेसिनहरु मार्फत सेवा दिदै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x