धनगढीमा जनता बैंकको नयाँ एटिएम

काठमाडौं, २७ फागुन । जनता बैंक नेपालले धनगढी उपमहानगरपालिका वडा नं. ५, असनपुर डिमोटी चोक स्थित निसर्ग अस्पताल परिसरबाट एटिएम सेवा सुरु गरेको छ। धनगढी उप–महानगरपालिकाको उपमेयर सुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले आज संयुक्त रुपमा एटिएम सेवाको सुरुवात गरे ।

यो बैंकको ९४औं एटिएम भएको जनाकारी दिइएको छ । यस क्षेत्रका ग्राहकहरुलाई नगद कारोवारमा एटिएम सेवाले सहजता प्रदान गर्ने प्रमुख कार्यकारी अधिकृत कुँबरले बताए ।

हाल बैंकको ७ वटै प्रदेशको तराई, पहाडी र हिमाली जिल्ला समेत समेटिने गरी १ सय २८ शाखा, ५० शाखा रहित बैकिङ्ग केन्द्र, र १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *