मुक्तिनाथ विकास बैंकले दियो पर्साका विद्यार्थीलाई वित्तीय साक्षारता

काठमाडौं, २७ फागुन । मुक्तिनाथ विकास बैंकले पर्साको विरगंज महानगरपालिका, ११ स्थित श्री विरगंज क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । “आजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरता” भन्ने मुल आसय सहित बैंकले आज सो कार्यक्रम सम्पन्न गरेको हो ।

वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको योजना, सुरक्षित बचत, कर्जा , पारिवारिक बजेट तथा योजना, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा विद्यार्थीहरुलाई जानकारी गराईएको थियो । कार्यक्रममा एक सय विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

हालसम्म बैंकले सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रममा ४५ हजार ३ सय ८० स्थानीय तथा विद्यार्थीहरुले सहभागी जनाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *