Shangrila

सप्तरीको फत्तेपुरमा एनआईसी एशिया बैंकको नयाँ शाखा

काठमाडौं, २७ फागुन । एनआईसी एशिया बैंकले सप्तरीको फत्तेपुरमा शाखा कार्यालय स्थापना गरेको छ। उक्त शाखाको सप्तकोशी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्माले उद्घाटन गरे ।

यो सँगै बैंकको मुलुकभर २ सय ७७ शाखा कार्यालय पुगेको छ। २ सय ८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई पनि संचालमा रहेका छन् । त्यस्तै बैंकले हाल सम्म १ खर्ब ६८ अर्व रुपैयाँ कुल निक्षेप संकलन गरि १ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा लगानी गरिसकेको छ।

ग्राहकको संख्या पनि करिब १४ लाख ५० हजार रहेको बैंकले जानकारी दिएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *